विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिकामा नेपाली काँग्रेसका समरबहादुर अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् ।
अधिकारीले ४४२२ मत प्राप्त गरी अध्यक्षमा जितेका हुन् । उनका प्रतिष्पर्धी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका भुवानीप्रसाद लिङदेनले ४१९४ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी सुमित्रा उप्रेती सेढाइँ ४००४ मत ल्याएर दोहोरिएकी छन् । २०७४ मा पनि उनी उपाध्यक्ष थिइन् । उनकी प्रतिष्पर्धी एकीकृत समाजवादीका भवानीप्रसाद लिङदेनले ४ मतअन्तरले पराजित भए । उनले ४ हजार मत पाएका छन् ।
गाउँपालिकामा काँग्रेस र एकीकृत समाजवादीको गठबन्धन थियो । अघिल्लो निर्वाचनमा दुबै पदमा एमाले बिजयी भएको थियो ।