सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा शुक्रबार मतदानपछि विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।
सोताङ वडा नम्बर ३ मा भोट खासल्न आएकी दमको विरामी वृद्धा महिलाको मतदानलगत्तै मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो ।
शुक्रबार साँझ भएको घटनमा घाइते भएका माओवादी केन्द्रका कार्यकर्ता ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घटनामा संलग्न तीन जना काँग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।