विराटनगर । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिकास्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।
मतदान सकिएपछि शिल गरिएको मतपेटिका यमुनामाई गाउँपालिका २ भिडियाहीमा मतपेटिका लुटिएको हो । गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाका अनुसार मतपेटिका बोकेर स्थानीयको एक समूह खेतैखेत भागेका थिए ।
मतदानको समय सकिएपछि जिल्लाका विभिन्न स्थानमा मतपेटिका लुट्ने र आगजनी गर्ने कार्य भएको प्रहरीले जनाएको छ । जिल्लाको बोधीमाई नगरपालिका २ मा पनि तीन मतपेटिका लुटिएको र ती मतपेटिकामा आगजनी गरिएको बताइएको छ ।