उदयपुरको कटारीमा झडप, प्रहरीको गोली चल्दा दुई घाइते

विराटनगर । उदयपुरको कटारी १० स्थित जनता कालिका मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ ।

मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविन राज राईले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार गोली लागेका स्थानीय २० वर्षीय नविन कटुवालको अवस्था गम्भीर छ । अर्का १० वर्षीय बालकको पनि खुट्टामा गोली लागेको छ ।

घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

बैशाख ३०, २०७९, साँझको ०६:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर