झापाका दुई मतदान अधिकृत कार्वाहीमा

दमक । निर्वाचन आयोगले झापाका दुई जना मतदान अधिकृतलाई कारबाही गरेको छ ।

पदीय जिम्मेवारी विपरित मतदाता परिचयपत्र लुकाएको आरोपमा एक जना र मापसे गरेर मतदान केन्द्र जाने अर्का मतदान अधिकृत कार्वाहीमा परेका हुन् ।

कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णले पाणिनी माविको मतदान केन्द्र ‘ग’ का ८८ वटा मतदाता परिचय पत्र लुकाएको आरोपमा कार्वाही भएको हो । उनले ती परिचयपत्र एक उम्मेदवारको जिम्मामा दिएको खुलेको छ ।

मतदाताले परिचयपत्र नपाएपछि खोजी गर्दा उम्मेदवारको साथमा रहेको पाइएपछि विरोध भएको थियो । त्यसपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।

यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् । झापा ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासोपछि उनलाई मतदानस्थलबाट हटाइएको हो ।

मादक पदार्थ सेवन गरेको प्रमाणित गर्न बस्नेतलाई अस्पतालमा चेकजाँचको लागि पठाइएको छ ।

बैशाख ३०, २०७९, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर