मोरङमा ११३ वर्षीया महिला र १०२ वर्षीय पुरुषद्वारा मतदान

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छन् ।

अधिकारीले सुन्दरहरैचा ७ स्थित पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए।

अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन्। पञ्चायतकलदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य भएको अधिकारीले बताइन् ।

बृद्धाका नाति खेम केसीले ११३ वर्षमा पनि हजुरआमाको स्वास्थ्य राम्रो रहेको बताएका छन् ।

यस्तै मोरङको ग्रामथान गाउँपालिका २ मा १०२ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् । स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

नाती कुन्दन कार्कीसँग सिमसिम परेको पानीमा रुझ्दै उनी पैदलै हिँडेर मतदान केन्द्र पुगेका थिए । कार्कीले मतदान गर्न पाएकोमा गर्व लाग्ने गरेको बताए । अब आउने जनप्रतिनिधिले जेष्ठ नागरिकको हित हुने काम गर्नुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार, ३० बैशाख, २०७९, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर