विराटनगरको मतपत्र यस्तो हुनेछ

विराटनगर । उम्मेदवारहरुको अन्तिम सुची प्रकाशन भएपछि निर्वाचन आयोगले महानगरको मतपत्र छापेको छ ।

यसअघि उम्मेदवार भएकाहरुको मात्र चिन्ह रहनेगरि मतपत्र छाप्ने बताएको आयोगले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमध्ये कुनै एक पदमा उम्मेदवारी कुनै दलले दिएको भए सो दलको सातवटै चिन्ह छापेको छ । जसले गर्दा महानगरमा उम्मेदवार नभएकाहरुको पनि चुनाबचिन्ह मतपत्रमा रहने भएको छ ।

विराटनगर महानगरपालिकामा दुई लहरकै मतपत्र रहनेछ । जसमा ३२ वटा चिह्न छन् । मतपत्रको बाँयाँतर्फ पहिलो लहरमा सुर्य चिन्ह छ भने दोस्रो लहरमा गोलाकारभित्रको हसियाहतौथा रहेको रहेको छ । यस्तै दायाँतर्फको पहिलो लहरमा रुख, दोस्रोमा छाता र तेस्रोमा कलम चिन्ह रहेको छ ।

स्वतन्त्र उम्मेदवारतर्फ विराटनगरमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु धेरैले रुचाएको चुनाबचिन्ह लालटिन मतपत्रको २४ औं नम्बर तथा दाँयाँतर्फको १२ औं लहरमा रहेको छ । मोरङका अन्य पालिकाहरुको मतपत्र भने यसअघि नै निर्वाचन आयोगले ५२ वटा चिन्ह रहेको छपाइसकेको छ ।

बैशाख २७, २०७९, बिहानको ११:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर