राप्रपाका उम्मेदवारमाथि एमाले कार्यकर्ताको आक्रमण

विराटनगर । धनुषाको सबेला नगरपालिकामा राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन् ।

सबेला नगरपालिका ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले आक्रमण गरि घाइते बनाएको जानकारी दिएका छन् । उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ ।

मियाको परिवारका ७ जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ। घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले माग गरेको छ ।

बैशाख २६, २०७९, बिहानको ११:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर