
बिक्रम लुईटेल
प्रिय बहिनी असीम प्यार !
म यहाँ सन्चै छु । त्यहाँ तिमी सन्चै छौं भन्ने कामना गर्दछु । हिजो जस्तो लाग्छ स्वदेश छोडेर विदेश आएको तर, पाँच वर्ष बितिसकेछ । फेसबुक र अनलाइनहरू हेर्दा त्यतातीर चुनावको रन्को लागेजस्तो अनुभूति भइरहेको छ । हुन त २०६२÷६३ को जनआन्दोलनपछि म मा धेरै उत्साह थियो । म पनि स्वदेशमा केही गर्न सक्छु भनेर तर, तिमी मेरा भावनहरू विस्तारै निराश भए र म विदेशीन बाध्य भएँ । स्वदेशमा केही गर्छु भन्नेहरू क्रमशः निराश हुन थालेका छन् । चुनाव आइरहदा पैसावाला, ठेक्केदार, जमिनदारहरूको मात्र बोलवाला हुने र त्यस्ताले टिकट पाउने अवस्था बढेको रहेछ ।
यही थिती रहयो भने अर्को चुनावदेखि हामी जस्ता गरिबहरू विदेश पलायन हुन्छौं र त्यहाँ भएकाहरू झन् गरिब हुने र नेतृत्वमा उनीहरूको कुनै पहँुच नुहेन अवस्था आउने सुन्दै गर्दा हामी विदेशी बाध्य भएकाहरूले जमिन टेकेर संघर्ष गर्दै गरेका मानिसहरूलाई चुनावमा सहयोग गरेनांै भने त्यसले कालन्तरमा हामीलाई नै घाटा पुग्ने देख्दैछु । पूर्वको पुरानो शहर विराटनगरपनि यतिखेर जमिनबाट उठेकाहरू चुनावमा उठिरहेको मैले सामाजिक संजालमा हेरिरहेको छु । हो यस्तो बेलामा हामीले त्यस्ता मानिहरूलाई सहयोग गर्नुपर्छ ।
प्रिय बहिनी, आज दलहरूमा खानदानी बिरासत र बुहारी, छोरी, छोरा, भाइ भतिजा र पैसावालाहरूको बोलवाला बढ्दै गएको परिस्थितिमा हामीले अहिले गम्भीर भएर सोचेनांै भने हामी नेताका दास मात्रै बन्छौं । अहिले हामीले पैसा नहुने र नाता नभएकाले पनि चुनावमा टिकट पाउछन् र चुनाव जित्छन् भन्ने सन्देशलाई प्रवाह गर्न सक्यौं भने स्वदेशमै केही गर्न बातवरण बन्न सक्छ । किन कि राजनीतिमा अवसरहरु यस्ता मानिसहरुले पाए भने हामीजस्ता विदेशमा श्रम बगाउन बाध्य हुनेहरू पनि खुसी हुनेछौं ।
यसपालिको चुनावमा कहीं न कहीं कतै न कतै सन्देश प्रवाह गर्नु कर्तब्य हुन्छ । हुन त नेताहरुले यो कुरा गरिरहेका छन् । तर, उनीहरुले खानदान र आफन्तलाई च्यापिरहेको अवस्थामा यो कुरा गर्न कठिन छ । हामी आफै आफ्नो निर्णाय गर्ने कठिन अवस्थामा पुगेका रहेछौं । यसो हुनाले जस्तो सुकै अप्ठ्यारो हामीले सहि मानिसहरुलाई जिताउनु पर्छ । हुन त म विराटनरबाट विदेश जाँदै गर्दा यी सबै कुराहरु राम्रोसँग बुझेको थिइन् । कतिपय उम्मेदवारहरुसँग जनताको सहजै पहँुच नभएको बुझदैछु । आज स्थानीय सरकार भनेको पहँुच बनाउने कुरा पनि हो । घरमा सहजै आउने र सहजै उपलब्ध हुने उम्मेदवारपनि छान्नु छ ।
त्यसैले यी सबै कुरालाई बिचार गरेर आफ्नो परिवारमा भोट हाल्ने बातवरण बनाऊ बहिनी । म चाँडै स्वदेश फर्किएर केही गर्न चाहन्छु । तिमीले त्यस्तो मान्छेलाई जिताएपछि मेरो मन प्रफुलित हुनेछ ।
उही तिम्रो प्रिय दाइ सागर ।