प्रदेश लोक सेवा आयोगले अधिकृत सहित अन्य पदमा खुलायो दरखास्त

विराटनगर । प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको छ।

प्रशासनतर्फ अधिकृतमा ३७ जना , इन्जिनियरमा ९ जनाको को माग गरेको छ ।

कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ भने सहायक बाली विकास अधिकृतमा दुई जना माग भएको छ। बाली संरक्षण र बागबानीमा १ जना जना अधिकृत माग भएको छ।
यस्तै भेटेरेनरीतर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग भएको छ।

लिखित परीक्षा प्रशासनतर्फ अधिकृतका लागि साउन ७ गते अपरानह ३ बजे हुनेछ भने इन्जिनियरका लागि साउन १३ गते अपरान्ह ३ बजे परीक्षा हुनेछ।

सूचना र परीक्षा तालिका आजको गोरखापत्रमा प्रकाशित गरेको छ । परीक्षा केन्द्र विराटनगरमा हुने सेवा आयोगले जनाएको छ । जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिन सुचनामा उल्लेख गरीएको छ ।

सोमबार, १९ बैशाख, २०७९, बिहानको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर