मोरङमा वडा सदस्यका उम्मेदवारको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदमा उम्मेदवारी दिएका एक व्यक्तिको मृत्यु भएको छ।

नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका २ नम्बरका वडामा सदस्य पदमा उम्मेदवारी दिएका नविन लिम्बुको शुक्रबार बिहान मृत्यु भएको हो।

बिहीबार चुनाबी अभियान सकेर घरमा आई सुतेका उनी शुक्रबार विहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

मृत्युको कारण खुलेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको कार्कीले जानकारी दिए।

चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ। अब केराबारी २ मा नयाँ मनोनयन दर्ताका लागि समय थप हुनेछ ।

बैशाख १६, २०७९, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर