विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा रहेका एक जना थुनुवालाई प्रतिबन्धित औषधि पुर्याउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–४ का २० वर्षीय सन्दीप लिम्बू, २१ वर्षीय सागर राई र पथरीशनिश्चरे–२ का १९ वर्षीय दीपक लिम्बू रहेका छन् । उनीहरूले प्रतिबन्धित औषधि पुर्याएर हिरासतमा रहेका थुनुवा पथरीशनिश्चरे–२ का २२ वर्षीय रूपन राईलाई भेट्न जाँदा बिहीबार दिउँसो प्रतिबन्धित औषधि दिने प्रयास गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताए ।
रूपन गत वैशाख ६ गते पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर उर्लाबारी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
थुनुवालाई कपडा पुर्याउन गएका युवाले गोजीमा प्रतिबन्धित औषधि समेत लिएर गएको उनले बताए । चेकजाँच गर्दा उनीहरूको गोजीमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि भेटिएको थापाले बताए ।
प्रतिबन्धित औषधि स्पासपेन तीन चक्की र डिस्पोक्यानन् अल्कोहल स्वार्ड तीन प्याकेट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका हरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको