संखुवासभा । निर्माण ब्यवसायीसंघ संखुवासभाले कन्स्ट्रक्शन होलिडे लगायत विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । कन्स्ट्रक्शन होलिडे, मूल्य बृद्धिको विरोधमा निर्माण ब्यवसायी संघले मंगलबार सदरमुकाम खाँदबारीमा विरोध ¥याली समेत निकालेका छन् । अत्याधिक मूल्य बृद्धि भएको भन्दै व्यवसायी आन्दोलनमा उत्रनु परेको नेपाल निर्माण ब्यवसायी संघ संखुवासभाका उपाध्यक्ष सन्तोश राईले जानकारी दिए ।
निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण रहेको समेत उनले बताए । त्रुटिपूर्ण बुँदाको संशोधन नभए सम्म शान्तिपूर्ण धर्ना जारी राख्ने उपाध्यक्ष राईले बताए । नेपाल निर्माण व्यवसायी महासंघको बुधबार बसेको बैठकले वैशाख ११ गते आइतबारबाट कन्स्ट्रक्सन होलिडे गर्ने निर्णय गरेको अध्यक्ष रवि सिंहले जानकारी दिए । निर्माण ब्यवसायीको र्यलीले सदरमुकाम खाँदबारीका विभिन्न भागको परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो । कोणसभालाई सम्बोधन गर्दे निर्माण ब्यवसायी संघका जिल्ला महासचिव मिगुर शेर्पाले भने कन्स्ट्रक्शन होलिडे हाम्रो बाध्यता भएको बताए ।
राज्यले निर्माण ब्यवसायीलाई एक पक्षिय रुपमा दोष दिने काम गरेको बताए । मूल्यवृद्धि समायोजन,भुक्तानी हुन बाँकी रहेको रकम समेत तुरुन्त भुक्तान दिन महासचिव शेर्पाले सरकार समक्ष अनुरोध गरे । राज्यको वेवास्ता गर्दा १७ हजार निर्माण व्यवसायी पेसाबाट पलायन हुने अवस्था भएको उनले बताए । निर्माण ब्यवसायी संघको केन्द्रीय नीति अनुसारनै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएको महासचिव शेर्पाले बताए ।