विराटनगर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा उम्मेदवार हुने भएकी छिन् । सत्तारुढ उनी हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर हुन् ।
महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको एकीकृत समाजवादीको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी थिईन । लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् ।उनले २३ हजार ४३७ मतसहित चुनाव जितेकी थिइन् भने माओवादी केन्द्रका बलले १७ हजार ११ मत पाएका थिए ।
आगामी वैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले हेटौंडाको मेयर एकीकृत समाजवादी र उपमेयर काँग्रेसले पाउने गरी भागबण्डा गरेको थियो ।