इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न प्रचण्डको आव्हान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्नआव्हान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस तथा १५२औँ लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले एमालेका केही व्यक्तिमा व्यक्तिवादी चरित्रका कारण इमान्दार कार्यकर्ता छायामा परेको समेत बताएका छन ।

अध्यक्ष प्रचण्डले नेकपाको एकता सही भएको भन्दै त्यसबेला करिब ९० प्रतिशत नेता तथा कार्यकर्ता एकता हुँदा खुशी देखिएको स्मरण समेत गरे। वाम एकता सही थियो। पार्टी नेतृत्वमा देखिएको गैरमार्क्सवादी चरित्रले हाम्रो एकता तुहियोु, तत्कालीन पार्टी अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले भने।

अहिले देशमा जनयुद्धका कारणले स्थापित भएका विभिन्न उपलब्धिहरूलाई उल्टाउने षडयन्त्र भइरहेको समेत उनले बताए ।

शुक्रबार, ०९ बैशाख, २०७९, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर