धरानमा ४ दलीय गठबन्धनबीच वडा तहसम्मै मिल्यो भागबण्डा

धरान । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ ।
उपमहानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष,वडा सदस्य, कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर जाने सहमतिअनुसार ३० गते हुने चुनावका लागि वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो ।

जसअनुसार नेपाली कांग्रेसले प्रमुख सहित वडा नम्बर १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा मओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरी सहमति भएको छ ।

सहमतिपछि चारदलको संयुक्त वक्तव्यमा भनिएको छ, ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेद्वारलाई विजयी गराइ नेपालको पुरानो ऐतिहासिक उपमहानगरपालिाकाको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता,आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं ।’

बिहिबार, ०८ बैशाख, २०७९, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर