प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने

विराटनगर । प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ ।

सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ । आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले प्राथमिकताका साथ तयारी शुरु गर्ने निर्णय गरेको हो ।

बोर्ड वैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटवल प्रतियोगिता अनुकुल समयमा सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद महाशाखा प्रमुख फडिन्द्र खत्रीे जानकारी दिए । उनका अनुसार प्रदेशको खेलसंवन्धि नीति, रणनीति तयारीका लागि प्रदेश १ का खेलकुदका पदाधिकारीहरुको चाँँडै बैठक बसेर छलफल गर्ने पनि निर्णय गरिएको छ । खेलकुद क्षेत्रको विकासका लागि साँझेदार संस्था तथा व्यवसायिक प्रतिष्ठानहरुसँग सहकार्यका लागि आग्रह गर्ने बोर्ड बैठकले निर्णय गरेको महाशाखा प्रमुख खत्रीले बताए ।

चालु आर्थिक वर्षको बजेटबाट खेलकुद क्षेत्रमा गर्न सकिने कार्यहरुको योजना बनाई बजेट माग गर्ने निर्णय समेत भएको खत्रीले जानकारी दिनुभयो ।

बुधबार, ०७ बैशाख, २०७९, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर