संगठित समूहको थ्रेट छैन: डिआइजी बिसी

विराटनगर । स्थानिय तहको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट निर्वाचनको थ्रेट नभएको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूण कुमार जिसीले बताएका छन् । हाम्रोमतसँगको कुरानीमा डिआइजी बिसीले यस्तो बताएका हुन् । उनले मतदान स्थल र केन्द्रमा संगठित समूहको ‘थ्रेट’ नभएको उनले बताए ।

खगेन्द्र खरेल नेतृत्वको हिमाल सुरक्षा परिषद्का सदस्यहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । इटहरीमा विस्फोट गरेको आरोपमा प्रहरीले ४३ वर्षका खगेन्द्र खरेल उर्फ सञ्जय सहितको समूहलाई केही दिन अघि पक्राउ गरेर मुद्दा चलाइएको थियो । सो समूहबाट पनि निर्वाचनमा थ्रेट नहुने डिआजी बिसीले बताए । ‘यो समूहले शान्ति सुरक्षा विथल्न खोजेको थियो । तर, हामीले परिषदका समूहलाई पक्राउ गरि कानुनी दायारमा ल्याएको छौं,’ उनले भने, ‘यो समूहबाट अब थ्रेट छैन ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको छ । तर, विप्लवलाई चुनावमा भाग लिने वातावरण नबने ‘थ्रेट’ हुन सक्ने पनि विश्लेषण गरिएको छ । स्थानीय तह निर्वाचनमा संगठित समूहको भन्दा भौगोलिक विकटता, खुला सिमाना र बढी जनघनत्व भएका स्थान सुरक्षा चुनौती हुन सक्ने उनले बताए । ‘धेरै झडप हुने गरेका र सम्भावित झडप हुन सक्ने ठाउँलाई पनि हामीले सुरक्षा चुनौतीको रूपमा हेरेका छौँ,’ उनले भने ।तराईमा सक्रिय सशस्त्र समूह अहिले चुनाव बिथोल्न सक्ने अवस्थामा छैनन् ।

सत्ता गठबन्धन र नेकपा एमालेका बिचमा हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘गठबन्धन भित्रको आन्तरिक मतभेद पनि थ्रेट हुन सक्छ । तर, स्थानीय तह निर्वाचनमा २०७४ को जस्तो थ्रेट अहिले छैन ।’

बुधबार, ३० चैत, २०७८, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर