भोजपुर । आफैंले चलाएको भरुवा बन्दुकको छर्रा लागेर भोजपुरमा एक व्यक्तिको मृत्यु भएको छ । छिमेकीको गाई गोठमा गएर भरुवा बन्दुक चलाउँदा अरुण गाउँपालिका १ रातामाटेका ४७ वर्षे सूर्यबहादुर खत्रीको पेटमा छर्रा लागेको थियो ।
मंगलबार साँझ छर्रा लागेका खत्रीलाई उपचारका लागि भोजपुर जिल्ला अस्पतालमा लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको बताइएको छ ।