महिला प्रहरी हत्या प्रकरण:बालकलाई अभिभावलाई जिम्मा लागाउने आदेश

विराटनगर । मोरङको लेटाङमा एक जना महिला प्रहरीको हत्या आरोपमा पक्राउ १४ वर्षिय बालकलाई मोरङ अदालतले अभिभावकलाई जिम्मा लागउने आदेश गरेको छ ।

मोरङ अदालतका न्यायाधीश शिसीरराज ढकालको बाल इजालशले मंगलबार पक्राउ परेका बालकलाई अभिभावकलाई जिम्मा लगाउने आदेश गरेका हुन् । अदालतको आदेशपछि बालकलाई अभिभावलाई जिम्मा लगाएर पढाएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षिय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा प्रहरीले ६३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने १६ जना नाबलक थिए । १६ नावलक मध्ये १५ जनालाई अभर्द व्यर्वहारको मुद्दा चलाएको छ । बालकको हकममा अभर्द व्यवहारको मुद्दाको सुनवाइ अदालतबाट हुन्छ । यो घटनामा पक्राउ परेका मध्ये १६ जना बालक रहेकोले एक जनालाई कर्तब्य र १५ जनालाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएर मोरङ अदालतमा मंगलबार अभद्र्र व्यवहारको मुद्दा दर्ता गरेको हो । अभियोग दर्ता भएकोले बुधबार बयानपछि थुनछेक बहस हुने अदालतले अदालतका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।

महिला प्रहरीको हत्याको घटनामा सरकारी वकिलको कार्यालय बालक र नावलको हकमा छुटा छुट्टै अभियोग दायर गर्ने तयारी गरेको छ । बालकको हकमा मुद्दा दायर गरि मंगलबार आदेश आएको छ भने सवालक उमेर पुगेको हकमा बुधबार अभियोग लैजाने तयारी गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउने निर्णाय जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

चैत्र २९, २०७८, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर