निर्वाचन भीषण तयारीमा लाग्न कार्यकर्तालाई प्रचण्डको आग्रह

काठमाडौं । जनताको संघर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नैपर्ने बेला आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको उनले बताएका छन ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो,’ अध्यक्ष प्रचण्डले भने, ‘अरुका लागि चुनाव हो तर हाम्रो लागि निर्वाचन लडाइँ हो ।’

निर्वाचनको समय नजिक आइसकेको भन्दै उनले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे ।

चैत्र २९, २०७८, साँझको ०५:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर