ओलीको गृहनगरको मेयरमा राप्रपाबाट राम थापा उम्मेदवार

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोको गृह नगरमा दमक नगरपालिकामा  राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा  राम थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
थापाको उम्मेदवारी घोषणा भए सँगै दमकमा चुनावि  चहलपहल बढेको छ । दमकमा थापाको राम्रो प्रभाव रहेको छ ।
राप्रपाको प्रदेश नम्बर–१ को अध्यक्ष समेत रहेका उनी दमकका लोकप्रिय सामाजिक  राजनीतिकर्मीको रूपमा परिचित छन् ।झापामा राप्रपाको संगठन प्रभावकारी रहेको मानिन्छ  ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उम्मेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना समेत दिएका छन् ।
चैत्र २७, २०७८, बिहानको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर