विराटनगरका ताजिम अन्सारी ‘स्टार अफ दि इयर’बाट सम्मानित

विराटनगर । विराटनगरका युवा नेता ताजिम अन्सारी स्टार अफ दि इयरको सम्मानबाट सम्मानित भएका छन् ।

उनलाई काठमाडौंमा बिहीबार आर के इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सम्मान गरे ।

नेपाली समाजको समग्र रुपान्तरणको लागि विगतमा आएको कोरोना महामारीको चपेटामा परेका गरिव, निमुखा, असहायको सेवामा खटिएका अभियान्तालाई सम्मान गर्ने कार्यक्रममा अन्सारी पनि सम्मानित भएका हुन् ।

‘तपाईले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ प्रथम र दोस्रो लहरले देशभरका नागरिकमा भयङ्कर सन्त्रास फैलिएको समयमा आफ्नो स्वास्थ्य र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनताहरुलाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाजसेवामा नै समर्पित भई पुर्याउनु भएको योगदान प्रशंसनीय र चिरकालसम्म सदास्मरणीय अनि सम्मानित छ,’ अन्सारीलाई दिएको सम्मानपत्रमा उल्लेख छ । आफू उक्त सम्मानबाट सम्मानित हुँदा गर्वको अनुभूति भएको अन्सारीले बताए ।

चैत्र २४, २०७८, साँझको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर