विराटनगर । प्रदेश नंं. १ सरकारको मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।
बोर्डको उपाध्यक्षमा उपाध्यक्ष जीना कार्की (मोरङ) र सदस्य सचिव हंसराज वाग्ले( ओखलढुङ्गा)लाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई पदमुक्त गरेको थियो ।मेयाङ्बो र बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम प्रसाद आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष , सदस्यसचिव र सदस्यहरू नियुक्त गरेका थिए ।
सामाजिक विकास मन्त्री राजन राईले माघ अन्तिम साता मेयाङ्बो र बस्नेतलाई तीन दिने स्पष्टीकरण सोधेका थिए ।
उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई मन्त्रीपरिषद्को बैठकले हटाएको हो ।