विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।

गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

चैत्र १८, २०७८, बिहानको ११:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर