लोड हुँदैछ...

मेनु

प्याब्सन अध्यक्ष टिकाराम पुरीको पुस्तक सार्बजनिक

प्याब्सन अध्यक्ष टिकाराम पुरीको पुस्तक सार्बजनिक

विराटनगर । प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्बजनिक भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गर्नाजेशन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्बजनिक भएको हो ।
प्याब्सनको १५ औं महाधिवेशनको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पुस्तक बिमोचन गरे ।
१४ औं महाधिवेशनबाट प्याब्सनको केन्द्रीय अध्यक्ष बनेका पुरी एभरेष्ट स्कुल विराटनगर, एभरेष्ट कलेज, एम्स कलेजलगायत शैक्षिक सस्था सञ्चालन गरिरहेका छन् ।
२०२४ साल वैशाख १ गते संखुवासभाको खादबारी नगरपालिकामा जन्मिएका पुरीलेबाल्यकालदेखि प्याब्सनको नेतृत्वमा पुगेर गरेका संघर्ष पुस्तकमा समावेश गरेका छन् ।
आर्थिक अवस्थामा कारण १४ वर्षको उमेरसम्म चप्पल लगाउन नपाएका पुरीले स्कुल तहको अध्ययन गर्दा दालचिनी बेचेर खर्चको जोहो गरेका थिए ।
एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि विराटनगर आएका उनले विराटनगरमा रोजगारी नपाउँदा गरेको संघर्षदेखि सयौंलाई रोजगारी दिने संस्थाको नेतृत्व गर्दाको अनुभवलाई खाली खुट्टामा समावेश गरेका छन् ।
पुरीको पुस्तक ‘खाली खुट्टा’ जनता पब्लिकेशनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।