लोड हुँदैछ...

मेनु

लेटाङ घटनाको दोषीलाई कारवाही मागगर्दै विराटनगरमा प्रदर्शन

लेटाङ घटनाको दोषीलाई कारवाही मागगर्दै विराटनगरमा प्रदर्शन

विराटनगर । मोरङको लेटाङमा एकजना प्रहरीको ज्यान जानेगरी भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार विरोध प्रदर्शन गरेका हुन् ।

लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षे बालिकालाई यौनजन्य दुव्र्यवहार गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने माग गर्दै भएको विरोध हिंसामा परिणत भएको थियो । घटनामा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएपछि विद्यार्थीहरुले दुवै घटनाका दोषिहरुलाई कारवाही गर्न माग गर्दै विरोधमा प्रदर्शन गरेका हुन् ।

मोरङ क्याम्पसमा अध्ययनरत संयुक्त विद्यार्थी संगठनले बिहान ¥याली प्रदर्शन गरेको थियो । प्रदर्शनमा बिए, बिबिएसलगाएत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुले एउटी छोरीको न्यायको खोजी गर्दा जनताको सुरक्षामा खटिएकी अर्की छोरीको हत्या गर्ने कार्य निन्दनीय भएको बताए । उनीहरुले कुनैपनि हालतमा दोषी जोगिन नहुने भन्दै अनुसन्धानका लागि सरकारलाई दवावसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।