विराटनगर । होलीमा मादक पदार्थ सेवन गरेर मोटसाइकल चलाउने दुई जना युवा सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
कटहरी–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका १ का १८ वर्षीय रिसभ चौधरी आज दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।
ग्रामथान गाउँपालिका– १ लखनतरीस्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल अन्यत्रित भएर दुर्घटना भएको थियो । घाइते भएका उनीहरूको उपचारको क्रममा विराट मेडिकल कलेजमा आज दिउँसो मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसी मन्जिल मुकारूङले जानकारी दिए । सवारी चालक आलोक रहेको प्रहरीले जनाएको छ ।

