विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेका थिए । अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुको अभिभावकबारे खोजी सुरु भएको छ । ‘जन्मिने बित्तिकै फालिए जस्तो देखिन्छ,’ जिल्ला प्रहरी स्रोतले भन्यो ‘बच्चा मारेर फालिएको हो कि मरेपछि फ्याँकिएको हो निश्चित भएको छैन ।’