‘रुससँग हामी बेलारुसमा वार्ता गर्दैनौँ’ : युक्रेन

केभिए । रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ।

तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया जनाएका छन्।

उनले भने, “त्यो भूभागबाट हामीमाथी आक्रमणनगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो‘ अरू सहरहरूलाई वार्तास्थलका रूपमा प्रयोग गर्न सकिन्छ।”

‘हामी शान्ति चाहन्छौँ, हामी भेट्न चाहन्छौँ, हामी युद्धको समाप्ति चाहन्छौँ। वार्सा, ब्रटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकु -हामीले यी सहर रुसीहरूलाई प्रस्ताव गरेका छौँ।’

उनले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै पनि शहरमा वार्ता हुनसक्ने बताए।

‘हामीमाथि क्षेप्यास्त्र प्रहार नभएको अन्य जुनसुकै क्षेत्रको सहर भए पनि हुन्छ। यो मात्रै इमानदारितापूर्वक वार्ता गर्ने र युद्ध साँच्चिकै अन्त्य गर्ने बाटो हो।’ बीबीसी

आइतबार, १५ फागुन, २०७८, दिउँसोको ०२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर