युक्रेनमाथि भएको आक्रमणको विरोधमा रुसभित्रै प्रदर्शन

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसभित्रै विरोध प्रदर्शन भइरहेको छ । राजधानी मस्को, सेन्ट पिटर्सवर्गलगायत ठाउँमा हजारौँ नागरिक विरोध प्रदर्शनमा उत्रिएका बीबीसीले जनाएको छ ।

प्रहरीले अहिलेसम्म १७ सय प्रदर्शनकारीलाई पक्राउ गरेको खबरमा उल्लेख गरिएको छ ।आज दोस्रो दिन पनि रुसले युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ । राजधानी किभमा कयौँ पटक विस्फोट भइरहेको बिबिसीले जनाएको छ ।

यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले सेनाको परिचालनको आदेश दिएका छन् । रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आमरूपमा सेना परिचालनको आदेश दिएका हुन् ।

एक भिडियो सन्देशमार्फत उनले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताएका कछन् ।

तस्वीर : बीबीसी

शुक्रबार, १३ फागुन, २०७८, बिहानको ११:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर