अब पनि नामको टुंगो नलगाए लाज हुन्छः मुख्यमन्त्री राई

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम अब पनि टुंगो लगाउन नसके लाज हुने बताएका छन् ।

सरकारको आव्हानमा आज बसेको सर्वदलीय छलफलमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

उनले प्रदेशको नाम तोक्ने काम अन्य प्रदेशको तुलनामा पनि ढिलो भएको बताए । ‘संख्यामा पनि र चेतनामा पनि १ नम्बर भएर पनि लाज लाग्ने अवस्था भयो, ‘उनले भने, ‘अब हिउँदे अधिवेशन र वर्षे अधिवेशन दुईवटा मात्रै भएको कारण अब ढिला नगरौं, मौकालाई नगुमाउँ । जनताको अपेक्षा र आवश्यकताले पनि छिटो गर्नुपर्नेछ ।’

पार्टीको निर्देशन अनुसार नै पार्टीको धारणा लिएर नै संसदमा भूमिका सांसदहरूले खेल्ने भएको कारण पार्टी सहितको छलफल राखेको उनले बताए ।

‘राजनीतिक परिवर्तनको घटनाक्रममा यो प्रदेशले महत्त्वपूर्ण भूमिका खेलेको छ । धेरै प्रधानमन्त्री पनि पाएको छ । यो अवस्थामा पनि नामको टुंगो लगाउन नसक्नेहो भने त्यो लज्जाको विषय हो ।’ उनले भने ।

‘अब हामी अत्यन्तै जिम्मेवारीपूर्वक अगाडि बढौं । एउटा पहिचान र अर्को भूगोल, मिश्रीत पहिचानको अडानमा रहने हो भने नामको विषय टुंगोमा पुग्दैन । अब मेरो गोरूको बाह्रहै टक्का नगरी लचकताका साथ आफ्नो दायित्व ठानेर दलहरूले पनि छलफल गर्नुपर्यो । त्यसखालको संयन्त्र बनाउने हो भने पनि अगाडि बढौं ।’

मङ्गलबार, १० फागुन, २०७८, दिउँसोको ०२:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर