प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघद्वारा रक्तदान

विराटनगर । माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ प्रदेश १ समितिको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।

विराटनगरको तीनपैनीस्थित माओवादी पार्टी कार्यालयस्थलमा आयोजित रक्तदान कार्यक्रममा २० जनाबढीले रक्तदान गरेको हो । कोभिडका कारण ब्लड बैंकमा रगत अभाव देखिएको कुरालाई मध्यनजर गर्दै रक्तदान गरिएको प्रदेश १ की इन्चार्ज अन्जना पोखरेलले जानकारी दिइन् ।

शनिबार, ०७ फागुन, २०७८, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर