लोड हुँदैछ...

मेनु

नोबेलका संचालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

नोबेलका संचालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

विराटनगर । नोबेल र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसरमै कालोमोसो दलेका छन् ।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए । शर्माले नमस्कारसमेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् ।

कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

– इमेजखबरबाट साभार

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

Subham
January 14, 2022 7:35 PM

राज्यमा कनुन मरेकाे देखे विध्यार्थिकाेविल्ला भिर्नेलाई जे गर्ननि छुट छर ?

सन्तोष राई
January 15, 2022 8:59 AM

यो राजनैतिक प्रतिषोध हो ।अरु केही हैन।

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds