भारतमा कोरोना संक्रमितको दैनिक संख्या १ लाख पार

विराटनगर । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,१७,१०० नयाँ संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् ।

बुधबार भारतमा कोरोनाका ९० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि ६ जुनमा एक लाख बढी संक्रमित भेटिएका थिए ।

भारतमा हालसम्म ३,५२,२६,३८६ नयाँ संक्रमित भेटिइसकेका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३०२ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ ४.८३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा निको हुने दर ९७.५७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा यहाँ ३०,८३६ बिरामी निको भएका छन् । हालसम्म यहाँ ३,४३,७१,८४५ जनाले कोरोनालाई जितिसकेका छन् ।

शुक्रबार, २३ पुष, २०७८, दिउँसोको १२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर