जाडोले कठ्यांग्रिएर सप्तरीमा एकको मृत्यु

विराटनगर । दुई सातादेखिको शीतलहरले जारी नै रहेका बेला सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको ज्यान गएको हो । उनको शीतलहरका कारण मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

ठाकुरको राति सुतेको बेला चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् । उनले भनिन् , राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारका सदस्यले हेर्न कठ्यांग्रिएर मृत्यु भएको पाइएको रहेछ ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु चिसो वा अन्य कारणले हो भनेर जानकारी लिने काम भइरहेको बताए ।

बुधबार, २१ पुष, २०७८, बिहानको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page