विराटनगर । नेपाली उपभोक्ता संरक्षण महासङ्घको मोरङ शाखा गठन भएको छ । मोरङ शाखा प्रदेश एकको दोस्रो शाखाको रुपमा गठन भएको हो ।

नेपालका सात प्रदेशमै गठन भइसकेको महासङ्घ मोरङ जिल्लाको अध्यक्ष सुशील कुमार चौधरी, उपाध्यक्ष अजय खवास, सचिव दिपक कुमार कर्ण, कोषाध्यक्ष टिकेन्द्र श्रेष्ठ र सदस्य मनोज कुमार सिंह रहेका छन् ।

जिल्ला पछि स्थानीय तहमा समेत कमिटी बिस्तारलाई तीब्रता दिइने महासङ्घले जनाएको छ । पसल कलकारखाना उद्योग अस्पताललगायत सार्वजनिक महत्त्व राख्ने स्थानमा भए गरेका गतिविधिको अनुगमन तथा निरीक्षण गर्न र सरोकारवालालार्इ घचघच्याउने काम गर्न संस्था स्थापना भएको नव नियुक्त कोषाध्यक्ष टिकेन्द्र श्रेष्ठले बताए ।

उपभोक्ता आफैं सजग भएर कालोबजारी तथा व्यापार व्यवसायमा हुने गरेका अवैध गतिविधिलाई निस्तेज पार्न सबै एक भएर लाग्नु पर्नेमा कार्यक्रमका सहभागीको जोड थियो । कार्यक्रममा प्रदेश अध्यक्ष नारायण योङ्हाङको पनि उपस्थिति थियो ।

दैनिक उपभोग्य वस्तुहरु सहज र सर्वसुलभ रुपमा आम उपभोक्ताले प्राप्त गर्न कालाबजारी नहोस्, मिति गुज्रिएको र गुणस्तरहिन सामाग्री नपाउन भन्ने उद्देश्यले गृह मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रायसहितमा महासंघ स्थापना भएको हो ।