प्रचण्डको अध्यक्षमोह

 लीलाबल्लभ घिमिरे

एउटा व्यक्ति कतिसम्म पदमा नै बसिरहने र कतिपटक प्रधानन्त्री बन्ने भन्ने कुराले मलाई बेला–बेला पिरोल्ने गर्छ । नेपाली कांग्रेसको तेस्रो कार्यकालका लागि पार्टी सभापति बनेका शेरवहादुर देउवा केहि समय अघि मात्र पाँचै पटक यो देशको प्रधानमन्त्री बनेका छन् । ज्योतीषीले देउवालाई फेरि प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन् । एउटै व्यक्ति पटक–पटक प्रधानन्त्री वा कुनै महत्वपूर्ण पदमा बसिरहँदा कुनै नयाँ काम जनताको पक्षमा हुन सक्दैन भने फेरि दोहोरिनुको कुनै अर्थ नहुनु पर्ने हो ।

यो त शेरवहादुरको कुरा भयो । आज मैले उहाँ कुरा गर्न खोजेको चै, जसले यो देशमा एउटै व्यक्ति लामो समयसम्म राज्यको राजकाजमा बसेकोले त्यसलाई फ्याकेर परिवर्तन गर्नुपर्छ भन्ने नाराका साथ ज्यान जोखिमा राखेर राजनीति ग¥यो त्यही व्यक्ति कति समयसम्म र कतिपटक अध्यक्ष बन्ने भन्ने कुरा उठाउन खोजेको हो । ६७ वर्ष पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजसम्म लगातार २१ वर्षदेखि पार्टीको अध्यक्ष छन् । उनी २ पटक यो देशको प्रधानन्त्रीसमेत बनिसकेका छन् । प्रचण्ड फेरि अध्यक्ष बन्दैछन् । किन प्रचण्डलाई पदको यति सारो मोह ? यसको उत्तर सहज छैन । विगत ३२ वर्षदेखि प्रचण्ड कुनै न कुनै रुपमा पार्टीको प्रमुख पदमा छन् । आज विदेशमा ३५ वर्षका युवा राष्ट्रपति भइरहँदा आफूलाई परिर्वतनको प्रर्यायबाची बताउने माओवादीमा फेरि उही व्यक्तिको शाही शैलीमा पदारोपण हुँदैछ । अनि यस्ता दलबाट हामीले परिर्वतनको आशा गर्नु पर्नेछ । ३२ वर्षदेखि महासचिब हुँदै २१ वर्ष एकलौटी पार्टी सञ्चालन गर्दा पनि एउटा उतराधिकारी जन्माउन प्रचण्डले नसेका हुन् भने उनीबाट के आशा गर्ने ?
आज काठमाडौंमा महान् तथा गौरवशाली पार्टीको सम्मेलन सुरु हँुदैछ । यो महाधिवेशनले फेरि पनि पुष्पकमल दाहाल प्रचण्डलाई नै अध्यक्षमा चयन गर्नेछ भन्ने कुरामा धेरै जना ढुक्क छन् । उहाँसँग प्रतिप्रर्धा गर्ने हिम्मत माओवादीभित्र कसैमा छैन ।

प्रचण्डको अध्यक्ष मोहलाई एकपटक केलाउन मन लाग्यो । उहाँ आजका मितिसम्म लगाएतर २१ वर्षदेखि अध्यक्ष पदमा नै विराजमान हुनुहुन्छ । यसलाई सामान्य हिसाब गर्ने हो भने आज सुरु हुने सम्मेलनमा प्रचण्ड आठौं पटक पार्टी अध्यक्षका लागि अघि सरिराख्नु भएको छ । एउटा जीवन्त पार्टीको केन्द्रिय महाधिवेशन–सम्मेलन ३–३ वर्षमा हुनुपर्छ । यदि माओवादीले समयमा महाधिवेशन गर्ने हो भने ७ वटा अधिवेशनमा प्रचण्ड अध्यक्ष भइसक्ने अवस्था रहेछ । एक पटकको अबधि चार वर्ष मान्ने हो भनेपनि अब प्रचण्ड सातौं पटक अध्यक्ष बन्ने तयारीमा हुन्थे । कांग्रेसका शेरवहादुर देउवा हालै दोस्रो पटक सभापतिमा निर्वाचित भएका छन् ।

कास्की जिल्लाको ढिकुरपोखरीमा २०११ साल मंसिर २६ गते जन्मेका प्रचण्ड अहिले ६७ वर्षका भएका छन् । पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा, जन्मेका उनको बाल्यकालको नाम छविलाल दाहाल थियो । २०२६ सालमा एसएलसी पास गरेका प्रचण्डले २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस गरे । २०३३ सालमा बीएससी एजी कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवनबाट सकेका उनी २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा शिक्षक थिए । २०३२ सालमा कम्युनिष्ट पार्टीमा आबद्ध भएका प्रचण्ड २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ गरेका हुन् । २०४६ सालमा नेकपा मशालको महामन्त्री बनेका उनी २०४८ नेकपा एकता केन्द्रको महासचिव बने । २०५१ नेकपा माओवादीको महामन्त्री बनेका उनी २०५७ सालदेखि अहिलेसम्म लगातार अध्यक्ष छन् । अब फेरि अध्यक्ष बन्दैछन् ।

२०६३ सालमा भुमिगत राजनितिबाट ख्ुल्ला राजनितिमा आएका प्रचण्ड नेकपा एमाले र माओवादी पार्टीबीच एकीकरण हुँदासमेत अध्यक्ष नै थिए । संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बने । २०७३ साल साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए । १७ हजार नेपाली जनताको रगतबाट भएको यो परिर्वतनलाई प्रचण्डपथले रोक्ने प्रयास गरेको छ । ३२ बर्षमा उनले सबैथोक गरिसकेका छन् । पार्टीलाई जंगलबाट सिंहदरबारसम्म मात्र पु¥याएनन्, विचारविहीन केपी शर्मा ओलीको पाउमा लगेर समर्पणसमेत गरे । अब बन्ने माओवादीमा अध्यक्ष प्रचण्डबाट हुन र गर्न के बाँकी छ ? त्यो मैले बुझ्न सकेको छैन । एकपटक प्रचण्डले सोच्नुपर्छ र पार्टीको नेतृत्व अर्कालाई जिम्मा लगाएर आफू अभिभावक बन्ने हिम्मत गरे माओवादीको कल्याण छ । नत्र भाई एमाले हुनुको अर्को विकल्प छैन ।

आइतबार, ११ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर