सुनको भाउ ८ सय रुपैयाँले घट्यो

काठमाडौं । केही दिनदेखी लगातार बढेको सुनको भाउ आज घटेको छ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

मङ्गलबार, ०६ पुष, २०७८, दिउँसोको १२:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर