भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान

विराटनगर । किरात राई यायोक्खा विराटनगरले दुई दर्जनलाई व्यक्तिहरूलाई सम्मान गरेको छ । उधौली पर्वको अवसर पारेर आइतबार विराटनगरमा उनीहरूलाई सम्मान गरेको हो ।

विराटनगर ११ मा रहेको यायोक्खाको भवन निर्माणमा सहयोग पु¥याउने व्यक्तिहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष विष्णु कुमारी राईले जानकारी दिइन् । सम्मानित हुनेहरूमा विभा कुमारी राई, पञ्चराज राई, सिता राई, माद्धिम राई, प्रेम राई, कर्मल लिंखा, जस बहादुर राई, अर्जुन राई, राजवीर राई, लक्ष्मी राई, मान बहादुर राई, रमेश राई, अमृत माया गुरूङ शान्ति राई, संगीत राई, अमृत राईलगायत रहेका छन् ।

पुस ४, २०७८, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर