पथरी । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (युएनटो) मोरङको दोस्रो जिल्ला परिषद् सम्मेलनबाट अध्यक्षमा शम्भु राजवंशी सर्वसम्मत चयन भएका छन् ।
पथरी बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार सम्पन्न परिषद् सम्मेलनले
राजवंशीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष राम थापा, महिला उपाध्यक्ष इन्दिरा गौतम (नेपाल), उपाध्यक्षहरूमा रत्नबहादुर तामाङ, फौदराज खड्का, रामकुमार भट्टराई, सञ्जय शर्मा र हस्तबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।
यसैगरी नवगठित समितिको सचिवमा बुद्धिनाथ अधिकारी, अर्थ सहसचिव मोतीबहादुर सेन्चुरी, सहसचिवमा सन्तोष पोखरेल, रुद्रप्रसाद पोखरेल र नवराज दाहाल चयन भए । यस्तै सदस्यहरूमा डिल्लीप्रसाद खतिवडा, अर्जुन थपलिया, अर्चना ढुङ्गेल, बुद्धकला सुवेदी, राधिका बराइली, भोलानाथ पाण्डे, भूमिका मगर, गोविन्दप्रसाद निरौला, तुलसी भट्टराई, अम्बिका लुइटेल, ज्ञानबहादुर थेबे, नारद सुवेदी, रामऔतार शर्मा, शिवराज विष्ट, मनोज राजवंशी, कवीन्द्र राईलगायतका सदस्य चयन भएको समितिका सचिव बुद्धिनाथ अधिकारीले जानकारी दिए ।
सम्मेलनको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपीबहादुर अछामीले गरेका थिए । कार्यक्रममा शिक्षक संगठनका प्रदेश १ इन्चार्ज कुलप्रसाद खतिवडा, माओवादी पार्टी मोरङ जिल्ला संयोजक गणेश उप्रेती ‘सुशील’, माओवादी पथरी नगर इन्चार्ज डि.एन. तिम्सिना, शिक्षक महासंघ मोरङका सहअध्यक्ष राजेशप्रसाद यादवलगायतले मन्तव्य राखेका थिए ।