लोड हुँदैछ...

मेनु

प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक

अघिल्लो सरकारले गरेका सबै निर्णय खारेजीको प्रक्रियामा लैजाने निर्णय

अघिल्लो सरकारले गरेका सबै निर्णय खारेजीको प्रक्रियामा लैजाने निर्णय

विराटनगर । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा बनेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरु खारेजीको प्रकृया सुरु गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधान सम्मत नभएकोले त्यस यता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रकृयामा लैजाने निर्णय गरेको हो।

बैठकले प्रदेश १ का १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसंख्यक, र सीमान्तकृत समुदाय मध्येबाट एकएक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदको बैठकले लोपोन्मुख, संस्कृति संरक्षणको लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।