लोड हुँदैछ...

मेनु

नक्कली स्टिकरसहितको चुरोट बरामद : विराटनगरका बिक्रेतालाई जरिवाना

नक्कली स्टिकरसहितको चुरोट बरामद : विराटनगरका बिक्रेतालाई जरिवाना

विराटनगर । विराटनगरमा अन्तशुल्कको नक्कली स्टिकर प्रयोग गर्ने गरेको पाएको छ । गिरोहको सञ्जालले अन्तशुल्कको नक्कली स्टिकर प्रयोग गरि चुरोट बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

अन्तशुल्कको नक्कली स्टिकर फेला परेपछि विराटनगर–४ को एउटा पसललाई संयुक्त बजार अनुगमन समितिले २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

गोर्खालरी प्रा.लि. हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोटमा नक्कली अन्तशुल्कको स्टिकर प्रयोग गरेको भेटिएको थियो । कञ्चनबारीको गुरुङ किराना पसलमा यस्तो चुरोट भेटिएपछि सञ्चालक चन्द्र गुरुङलाई तत्काल जरिवाना गरिएको हो ।

गुरुङको पसलमा फेला परेको क्याप्टेन चुरोटमा गोर्खालरी प्रा.लि.को ठाउँमा गोर्खा लहान प्रा.लि.लेखेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेतृत्वको टोलीले शुक्रबार अनुगमनका क्रममा त्यस्तो फेला पारेपछि गुरुङको पसलबाट ७६० बट्टा चुरोटसमेत जफत गरेको छ ।

अन्तशुल्क छलेको आरोपमा चुरोट उत्पादक कम्पनीलाई आन्तरिक राजश्व कार्यालयले समेत थप अनुसन्धान सुरु गरेको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले कैफियत फेला पारेको चुरोटका सम्बन्धमा थप अनुसन्धान हुने भएको हो ।

वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार तत्काल बिलबिजक जारी नगरेको आरोपमा किसाना पसल सञ्चालकलाई जरिवाना गरिएको हो । आन्तरिक राजश्व कार्यालयले अनुसन्धानपछि कैफियत ठहर भए बमोजिम कारवाही हुनेछ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले संयुक्त अनुगमन टोलीले शंकास्पद स्टिकर टाँसेको चुरोट बरामद गरेको जानकारी दिँदै त्यसबारे थप अनुसन्धान भइहरेको बताए । ‘आन्तरिक राजश्वका कर्मचारीसमेतको अनुगमनमा चुरोटमा प्रयोग गरिएको स्टिकर आफूहरुको डिभाईसले पहिचान नगरेकोले नक्कली भएको आशंका रहेको छ’ उनले भने, ‘त्यसबारे अनुसन्धान गर्दै सम्बन्धित उद्योगसम्म पुग्नेछौं ।’ उनले बजारमा पनि त्यस्तो स्टिकर प्रयोग भएको हुनसक्ने आशंकाको आधारमा अनुसन्धान भइहरेको जानकारी दिए ।

नक्कली स्टिकर प्रयोग गरिएको चुरोटका सम्बन्धमा आन्तरिक राजश्व कार्यालयले मेसिन रिडेवल परीक्षण गर्दा त्यसको दर्ता फेला परेको थिए । थप अनुसन्धानका लागि राजश्व कार्यालयले सेम्पल परीक्षणको काम सुरु गरिरहेको हो ।

राजस्व र वाणिज्यले अन्तशुल्कको नक्कली स्टिर बनाउने गिरोहको खोजी कार्य तीव्र बनाएको छ । ‘अनुगमनको क्रममा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको भेटिएको छ,’ वाणिज्य कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख पोखरेलले भने, ‘यसरी नक्कली स्टिकर बनाउने गिरोहको खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds