विराटनगरमा पाँच करोडमा फ्युजन बार संचालनमा, जहाँ पाइन्छ ‘टिपिकल’ परिकार

विराटनगर । नेपाली टिपिकल परिकार खाने पारखीहरूको लागि विराटनगरमा फ्युजन बार एण्ड ग्रिल होटल संचालनमा आएको छ ।

विराटनगर बसपार्कनजिक रहेको रत्ना होटलभित्र पाँच करोड बढी लगानीमा छुट्टै टिपिकल परिकार पाइने फ्युजन बार एण्ड ग्रिल होटल बिहीबारदेखि संचालनमा आएको हो । यो होटलको उद्घाटन विराटनगरका चर्चित फिजिसियन डा. दिपक सिग्देल र रत्ना होटलका संचालक रोशन थापाले संयुक्त रूपमा गरे ।

शान्त वातावरण रहेको होटलमा नेपाली मौलिक टिपिकल परिकारहरू मात्र पाइने संचालक जुद्ध बिक्रम कुँवरले जानकारी दिए । युवा व्यवसायी कुवरले ग्राहकहरूलाई नयाँ स्वाद दिने उद्देश्यले मौलिक र टिपिक परिकार मात्र राखिएको बताए । ‘नेपाली टिपिकल खाने पारखीहरू थुप्रै रहेका छन्,’ उनले भने, ‘नयाँ स्वाद दिनको लागि टिपिकल परिकारहरू मात्र पाइने होटल संचालनमा ल्याएको हो ।’

होटलमा सेकुवा, खसी, कुखुरा र बदेलको सम्पूर्ण परिकार पाइनेछ । ‘होटलमा अनुभवी कुक रहेका छन् । कुन परिकार कसरी पकाउने भन्नेमा विशेष ध्यान दिन्छन् र मुखमा स्वाद झुण्डिने स्वाद निकाल्छन्,’ होटल संचालक कुँवरले दाबीको साथ भने । उनले यसअघि पनि विराटनगरको मुनालपथमा इलामी कँुवर खाजा घर नाम दिएर सात वर्षदेखि टिपिकल परिकारहरु बेच्दै आएका थिए । त्यसबेला दैनिक १ सय केजी मासु बिक्री गर्ने गरेको उनले सुनाए ।

बिहिबार, २१ असोज, २०७८, साँझको ०७:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर