शिक्षाको विकासमा उद्योग क्षेत्रको लगानी आवश्यक

विराटनगर । उद्योगी व्यवसायीहरुले शिक्षा र उद्योगलाई अन्तरसम्बन्धित बनाउनु पर्ने बताएका छन् । शिक्षामा समयानुकुल विकास गर्न उद्योग क्षेत्रले अध्ययन अनुसन्धानका क्षेत्रमा लगानी गर्न थाल्नुपर्नेमा जोड दिएका हुन् ।

महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको आयोजनामा इकोनोमिक ग्रोथ–आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशनमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले शिक्षा र उद्योग दुवै क्षेत्रबीचको निरन्तर सम्वादले आर्थिक विकासको सन्दर्भमा नयाँ आयामहरु थपी औद्योगिक क्षेत्रको माग अनुरुपको जनशक्ति उत्पादनलाई वढावा दिने बताए ।

उनले औद्योगिक तथा शैक्षिक क्षेत्र वीचको अन्तरसम्वाद अभिवृद्धि गरी अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउन सकिने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका उद्योगी नविन पोद्दारले ५८ मुलुकको आर्थिक तथ्यांकलाई विश्लेषण गरि तयार पारेको अनुसन्धानरिर्पोटआउटवर्ड भर्सेस–इनवार्ड ओरिएन्टेशन विषयक कार्यपत्र प्रस्तुत गरे । उनले आयात प्रतिस्थापन गर्दै निर्यातलाई वढावा दिएका मुलुकले आर्थिक सम्पन्नता प्राप्त गरेको वताए । उनले आन्तरिक बजारमा स्वदेशी वस्तुको प्रवद्र्धन गरी तुलनात्मक लाभ र मूल्य अभिवृद्धि हुने वस्तुको पहिचान गरी निर्यात प्रोत्साहनको नीतिलाई अंगिकार गरेका राष्ट्रहरु दु्रत गतिमा आर्थिक प्रगति तर्फ बढेको जानकारी दिए ।

प्रदेश नं. १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सरकार, नीजि क्षेत्र र विश्वविद्यालयको त्रिपक्षीय साझेदारीको आवश्यकता जोड दिए । उच्च मूल्य अभिवृद्धिको सम्भावना भएका वस्तुहरुको पहिचान गरी आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्नेमा उनको जोड थियो ।

औद्योगिक विकासले राष्ट्रलाई आर्थिक रुपमा सबल वनाउनुका साथै रोजगारीका नया अवसरहरुको समेत सिर्जना गर्ने भएकाले सबैपक्षले हातेमालो गरी अगाडि बढनुपर्ने प्रमुख सचिव घिमिरेले बताए । कार्यक्रममा प्राध्यापक डा. प्रमोदकुमार झाले न्यायसंगत आर्थिक विकासलाई अंगाल्दै अध्ययन अनुसन्धानका आधारमा नया सम्भावना खोजी बाटमात्र आर्थिक समृद्धि हासिल हुने बताए ।

कार्यक्रममा स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन अनुसन्धान केन्द्रका संयोजक प्राध्यापक डा. विजु थपलिया, सदस्य युक्ति गोल्छा, सदस्य सचिव चुडामणि भट्टराईलगायतको सहभागिता थियो ।

बिहिबार, २१ असोज, २०७८, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर