मोरङमा कडाइ गरेपछि सुनसरीदेखि तस्करी

विराटनगर । मोरङमा कडाइ गरेपछि सुनसरीको दक्षिण भेगको सीमा नाकादेखि तस्करी हुने गरेको पाइएको छ । तस्करीको सामान क्यारिङ गर्ने गिरोह अहिले सुनसरीको सीमा नाका प्रयोग गरि विराटनगरसहित पूर्वी सहरमा तस्करीको सामान पु¥याउने गरेको पाइएको हो ।

बुधबार विहान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले सुनसरीको सीमा नाकादेखि तस्करी भएर विराटनगरतर्फ आउँदै गरेको ठूलो परिमाणको कपडा बरामद गरेको छ । प्रहरीले २ लाख मुल्य बराबरको कपडा विराटनगर १६ कसेलिया खोलादेखि बरामद गरेको थियो । बरामद गरेको कपडा सुनसरीको अमरढुवादेखि तस्करले भरिया प्रयोग गरि ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो । मोरङको सीमा नाकामा प्रहरीले कडाइ गरेपछि अहिले विराटनगरका क्यारिङ गर्नेको रोजाइ सुनसरीको सीमा नाका रहेको छ ।

अहिले सुनसरीको अमरडुवा, हुक्सीदेखि तस्करीको कपडा, खाद्यन्य र माछा खुल्लेआम विराटनगर आउने गरेको छ । सशस्त्रले बरामद गरेको कपडा विराटनगर जर्नादन यादवको रहेको बुझिएको छ । यादव कपडाको क्यारिङ गर्दछन् । व्यापारीले निश्चित रकम दिएपछि यादवले क्यारिङ गरेर गन्तब्यमा पु¥याउने जिम्मा लिने गर्दछन् ।

अहिले संस्थागत रूपमा तस्करीको लाइन नचलेपनि क्यारिङ गर्नेले सीमा प्रहरी चौकी, इलका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बिओपी अन्तर्गत खटिएका प्रहरीलाई रिजाएर तस्करीको सामान कटाउने गरेको स्रोतले जानकारी दिएको छ । दरैयाँ नाका प्रहरीले कडाइ गरेपछि तस्करले अनेक जुक्ति लगाएर सुनसरीको विभिन्न नाकाबाट विराटनगर प्रवेश गराउने गरेका छन् । सुनसरीको नाकादेखि भित्र्याएको तस्करीको सामान रिङरोडको उखुबारी र कसेलिया खोला किनार हुँदै विराटनगरमा सामान ल्याउने गरेका छन् । बुधबार सशस्त्र प्रहरीले बरामद गरेको कपडा विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । बरामद गरेको २ बोरा कपडा रहेको छ । बोराभित्र ११४ सेट कपडा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधबार, २० असोज, २०७८, साँझको ०६:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर