प्रदेश २ : मुख्यमन्त्री लालबाबु राउतलाई दुई तिहाइको समर्थन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुईतिहाइ मत प्राप्त भएको छ ।

राउतले जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिएका हुन् । यसअघि उनी बहुमत प्राप्त मुख्यमन्त्री थिए । तर, पार्टी विभाजन भएपछि उनलाई दुई तिहाई मत प्राप्त भएको हो ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत पारेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका हुन् । उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् ।

बुधबार, २० असोज, २०७८, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर