दमक । दमकका केही भू–माफियाले बितौमोडको सुकुम्बासी बस्ती आफ्नो जग्गामा रहेको भन्दै गाउँ नै खाली गर्न धम्की दिएका छन् । दशकौंदेखि बस्दै आएको थातथलो छाड्न धम्की आएपछि सुकुम्बासीले सुरक्षाका लागि नगरपालिका गुहारेका छन् ।
झापा बिर्तामोड ३ मा सुकुम्वासी बस्ती रहेको खोला किनारका सबै जग्गा आफ्नो हो भन्दै केही व्यक्तिले धम्क्याएको स्थानीयबासीले बताएका छन् । बिर्तामोड–३ को करेलावारी टोल बिकास संस्था अन्तरगत सैनिकमोड पश्चिममा रहेको अदुवाखोलाको किनारमा बसोवास गर्ने सुकुम्बासीहरुले दिएको जानकारी अनुसार दमकका केही भू माफियाहरुले जग्गा खाली गर्न धम्की दिएका हुन् ।
जग्गा धनी प्रमाणपुर्जा आफ्नो नाममा रहेको साथै आफ्नो बाबु–बाजेले पहिल्यै किनेर छाडेको जग्गा भएकाले जग्गा खाली गर्नुपर्ने बताउँदै दमक घर भएको बताउने सरस्वती ढकाल लगायतले खाली गर्न धनेको स्थानीयको भनाइ छ । बिर्तामोड–३ को वडा कार्यालयमा सुकुम्बासीहरुले लिखित निवेदन दिदै न्याय पाउनुपर्ने माग गरेका छन् ।