काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरामा रहेको फ्ल्याटमा चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई चोरीको अभियोगमा पक्राउ गरेको हो । प्रहरीका अनुसार शाहको निवासमा गौतम कामदारको रुपमा कार्यरत थिए । उनले पारस शाहको निवासबाट क्यामरा, दुई वटा आईप्याड, दुरबिनलगायत चोरी गरेको प्रहरीको दाबी छ । चोरीका सामान पनि बरामद भइसकेको छ ।
काठमाडौं प्रहरीले उपत्यकामा चोरीमा संलग्न २०७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

