रानी–जोगवनी नाका सुचारु

विराटनगर । कोभिड १९ महामारी विश्वव्यापी रुपमा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि १९ महिना अघिदेखि बन्द रहेको विराटनगरको रानी र भारको जोगवनी जोड्ने नाका शनिबारबाट पूर्णरुपमा खुलेको छ ।

नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन ।

सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखिनै भइरहेको भएपनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो । शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेको बताइएको छ ।

नाका खुला भएपनि भारतबाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने मोरङ्ग जिल्ला प्रमुख काशिराज दाहालले बताएका छन् ।

शनिबार, १६ असोज, २०७८, दिउँसोको ०१:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर